• शुक्रबार, साउन ८ २०८३

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत


सोमबार, जेष्ठ २८ २०८१
1.3K
Shares

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । उनको पक्षमा ३१ मत परेको छ भने विपक्षमा २८ मत परेको छ  । सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले  पाण्डेले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको जानकारी दिए ।

प्रदेशसभा बैठकमा ५९ सांसद उपस्थित थिए ।

उनलाई नेपाली कांग्रसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई, माओवादीको चुनाव चिह्वबाट निर्वाचित फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)ले मत दिएका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डे यही जेठ १६ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार