• शनिबार, साउन ९ २०८३

वातावरण दिवसमा मोर्डन र गोरखा बोर्डिङका विधार्थीले गरे बजार सरसफाई र वृक्षारोपण


बुधबार, जेष्ठ २३ २०८१
3.3K
Shares

गोरखा । ५२ औं विश्व वातावरण दिवसका अवसरमा सदरमुकाममा सञ्चालित मोर्डन इंलिस बोर्डिङ स्कुल र गोरखा इंलिस बोर्डिङ स्कुलका विद्यार्थीहरुले गोरखा बजार क्षेत्रमा सरसफाई गरेका छन् ।

दिवसका अवसरमा मोर्डन र गोरखा बोर्डिङ स्कुलका विद्यार्थीहरुले संयुक्त रुपमा बजार क्षेत्रको सरसफाई गरेका हुन् । सरसफाईसंगै विधार्थीहरुले सचेतनामूलक प्रभातफेरी समेत सम्पन्न गरेको मोर्डन स्कुलका प्रधानाध्यापक सिताराम तिवारीले बताए ।

हाम्रो भुमी–हाम्रो भविष्य, पृथ्वी जोगाऔं– जीवन बचाऔं, बोटविरुवा रोपौं हरियाली बढाऔं ,घर आँगन बाटो, पानी पधेरा सफा राखौं जस्ता नारा लेखिएका प्लेकार्डसहित विद्यार्थीले बजार परिक्रमा गरेका थिए ।

वातावरण संरक्षण, स्वच्छ सरसफाई तथा प्रदुषण निराकण गर्न समुदायमा समेत सचेतना फैलाउने उदेश्यले विद्यार्थीले विधालयदेखि बजार क्षेत्रको हरमटारी, शक्तिचोक, बसपार्क, ठूलोआँगन, तिनधारे, अस्पतालचोक, हरमटारीचोक लगायतका क्षेत्रमा सरसफाईसंगै प्रभातफेरी सम्पन्न गरेको प्रधानाध्यापक तिवारीको भनाई छ ।

कार्यक्रममा विद्यार्थीसंगै शिक्षक शिक्षिकाको समेत सहभागिता रहेको थियो । प्रभातफेरी समापनपश्चात विधार्थीहरुले विधालय परिसरमा वृक्षारोपण समेत गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार