• शुक्रबार, साउन ८ २०८३

३ वर्षमा करिब २१ लाख वैदेशिक रोजगारी म्यादी बिमा जारी

विदेश जाने कामदारलाई अनिवार्यरूपमा म्यादी बिमा लागू गरिएको छ।


आइतबार, जेष्ठ २० २०८१
2.1K
Shares

काठमाडौँ- चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगार बिमामार्फत २ अर्ब ५८ करोड १० लाख ६० हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको बीमा प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बैशाख महिनामा मात्रै कम्पनीहरुले २९ करोड ७१ लाख ७१ हजार रुपैयाँ बिमा शुल्क वैदेशिक रोजगार बिमा जारी भएको थियो।

बैशाख महिनामा ७१ हजार ७३ वटा बिमालेख जारी भएको प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको विवरणमा उल्लेख छ।

गएका तीन बर्षमा २० लाख ७० हजार २६२ वटा वैदेशिक रोजगार बिमालेख सक्रिय भएको प्राधिरकणले जनाएको छ।

हाल नेपाल लाइफ, नेशनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरशेन (एलआईसी) नेपाल, आइएमई लाइफ, मेट लाइफ, रिलायवल लाइफ, सुर्याज्योति लाइफ, सन नेपाल लाइफ, सिटीजन लाइफ, प्रभु लाइफ र सानिमा लाइफले वैदेशिक रोजगार बिमाको काम गदै आएका छन्।

पछिल्लो समय वैदेशिक रोजगार बिमालाई पुलमार्फत सञ्चालन गरिएको छ। विदेशी जाने कामदारले अनिवार्यरूपमा म्यादी बिमा लागू गरिएको छ।

गएको एक दसकमा बैशाख मसान्तसम्म आइपुग्दा वैदेशिक रोजगार बीमाको दायित्व ७१ अर्ब २० करोड १० लाख रुपैयाँ पुगेको प्राधिकरणको तथ्यांकमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार