• शुक्रबार, साउन ८ २०८३

अस्ट्रेलियाको सिड्नीस्थित समुद्रमा डु*बेर दुई नेपाली विद्यार्थीको मृ*त्यु


बुधबार, जेष्ठ १६ २०८१
1.6K
Shares

अस्ट्रेलियाको सिड्नीस्थित समुद्रमा डुबेर दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ।

सिड्नीको दक्षिण तटीय क्षेत्रमा पर्ने कुर्नेलको केप सोलान्डर ड्राइभमा माछा मार्न गएका दुई नेपाली विद्यार्थीको समुद्रमा डुबेर मृत्यु भएको सिड्नीस्थित न्यु साउथ वेल्स प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा २२ र २५ वर्ष उमेरका युवक छन्। उनीहरु गोरखा र दोलखाका भएका प्रहरीले जनाएको छ। तर,उनीहरुको पूरा नाम भने सार्वजनिक गरिएको छैन।

लाइफ ज्याकेटबिनै गएकाे साेमबार कुर्नेलस्थित चट्टानी क्षेत्रमा माछा मार्न गएको बेला उनीहरूलाई  समुद्राको छालले बगाउँदा मृत्यु भएको हो ।

पछि उनीहरुको शव हेलिकप्टरको सहायतामा समुद्रबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार