• शनिबार, साउन ९ २०८३

जीबी राईको राहदानी रद्द गर्न नमिल्ने विभागको ठहर


शुक्रबार, जेष्ठ ११ २०८१
4.3K
Shares

काठमाडौँ । राहदानी विभागले विभिन्न सहकारीको अर्बौं रकम घोटालामा गरेर भागेका फरार जिबी राईको राहदानी रोक्का वा रद्द गर्न नमिल्ने निष्कर्ष निकालेको छ ।

राहदानी विभागले उनको राहदानी रद्द वा रोक्का गर्न नमिल्ने निष्कर्ष निकालेको सूचना अधिकारी रमेशकुमार चर्माकारले जानकारी दिए । राहदानी ऐन, २०७४ अनुसार सहकारी ठगी कसुरका लागि राहदनी रद्द गर्ने प्रावधान नभएको हुँदा निल्ने निष्कर्ष निकालेको चर्माकारले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख ३० गते राईको राहदानी रोक्का वा रद्द गर्न भनेर राहदानी विभागमा पत्राचार गरेको थियो। तर त्यसबारे यस्तो निष्कर्ष निकालेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार