• शनिबार, साउन ९ २०८३

एकदेव अधिकारी बने द्रव्यशाह बहुमुखी क्याम्पसको प्रमुख


सोमबार, जेष्ठ ७ २०८१
1.6K
Shares

गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पसको प्रमुखमा एकदेव अधिकारी नियुक्त भएका छन् । अधिकारीलाई आज सोमबार सञ्चालक समितिले क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।

क्याम्पस प्रमुख पदका लागि समितिले केहि समयअघि दरखास्त आव्हानको माग गरेको थियो । प्रमुख पदका लागि अधिकारीसहित धर्मजंग थापा र शरण श्रेष्ठले पनि आवेदन दिएका थिए ।

‘फाइल स्टडी’ र अन्तरवर्ताको आधारमा अधिकारीलाई प्रमुखमा नियुक्त गरिएको समिति संयोजक इश्वरकाजी मास्केले बताए । उनका अनुसार क्याम्पस प्रमुखको अवधि चार बर्षको हुने छ ।

अजिरकोट गाउँपालिका हंशपुरका अधिकारी विगत २४ बर्षदेखि सोही क्याम्पसमा अध्यापन गराउँदै आएका थिए भने दश बर्षदेखि सहायक क्याम्पस प्रमुखको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार