गोरखा । कोरोना भाइरसकाे संक्रमणबाट गोरखामा पहिलाे ब्यक्तीकाे मृत्यू भएको छ ।
पालुङटार नगरपालिका ७ पुर्नेपिपलबाट शुक्रबार राती १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान पाँचबजे मृत्यू भएको गोरखा अस्पतालले जनाएको छ ।
कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ बर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।