• शनिबार, साउन ९ २०८३

यी हुन् जसपा विभाजन गर्ने सात सांसद


सोमबार, बैशाख २४ २०८१
1.2K
Shares

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी विभाजन भएको छ । उपेन्द्र यादव नेतृत्वमा रहेको सो पार्टीका सातजना सांसदसहित केन्द्रीय सदस्यको हस्ताक्षर लिएर अशोक राई निर्वाचन आयोग पुगेका छन् ।

जसपामा अहिले १२ जना सांसद रहेका छन् । त्यसमध्ये सात जनाको हस्ताक्षर पार्टी विभाजनको पक्षमा रहेको छ । त्यसैले सो पार्टीको आधिकारिकता माग गरिएको जनाइएको छ । उपेन्द्र यादव भने अहिले अमेरिका भ्रमणमा रहेका छन् ।

अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी र स्वच्छाचारी प्रवृत्ति देखाएकाले पार्टी विभाजन गर्नुपरेको सांसद सुशीला श्रेष्ठले बताएकी छन् ।  दल विभाजन गर्न निर्वाचन आयोग पुगेका विद्रोही समूहले पार्टीमा आन्तरिक लोकतन्त्र मरेको र यादव एकल हाबी भएको भन्दै असन्तुष्टि पोखेको छ ।

दल विभाजन गर्न भन्दै अशोक राइको नेतृत्वमा ७ जना सांसद आयोग पुगेका छन् ।  श्रेष्ठका अनुसार अब केन्द्रीय समिति बैठक बोलाउने र आफ्नो पक्षमा पार्टी सदस्यलाई ल्याउने तयारी छ । सात सांसदमा अशाेक राई, सुशीला श्रेष्ठ, प्रदीप यादव, रञ्जु ठाकुर, हसिना खातुन, वीरेन्द्र महतो र नवकिशाेशार शाह सुडी रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार