• शनिबार, साउन ९ २०८३

स्वास्थ्य मन्त्री उपेन्द्र यादव अमेरिका उडे


शनिबार, बैशाख १५ २०८१
2.7K
Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव आज (शनिबार) अमेरिका प्रस्थान गरेका छन्।

अप्रिल ३० देखि मे ३ तारिखसम्म युएन सेक्रेटरियट न्युयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन  यादव आज बेलुकी अमेरिका प्रस्थान गरेको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार अध्यक्ष यादव मे ७ तारिख स्वदेश फर्किनुहुने कार्यक्रम तय भएको छ। आफ्नो अनुपस्थितिमा अध्यक्ष यादवले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको बस्नेतले बताए। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार