• शनिबार, साउन ३० २०८३

विश्व अपडेट : १ कराेड १० लाखमा संक्रमण, ५ लाख २३ हजारकाे मृत्यु


शुक्रबार, असार १९ २०७७
1K
Shares

काठमाण्डाै । अहिलेसम्म विश्वभर काेराेना भाइरसबाट संक्रमितको संख्या एक करोड नौ लाख ७३ हजार ६ सय नाघेको छ। त्यस्तै मृत्यु हुनेको संख्या पाँच लाख २३ हजार दुई सय ३२ पुगेको छ। यो शुक्रबार बिहान साढे ६ बजेसम्मको तथ्यांक हो।

अहिलेसम्म संक्रमणको कारण सबैभन्दा धेरै अमेरिकामा एक लाख ३१ हजार भन्दा धेरैको मृत्यु भएको छ भने ब्राजिलमा झण्डै ६२ हजारले ज्यान गुमाइसकेका छन्।

भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार दुई सय २५ पुगेको छ भने संक्रमितको संख्या ६ लाख २७ हजार एक सय ६८ पुगेको छ।

विश्वभर कोरोना भाइरसको संक्रमण झन् झन् बढ्दै गएको छ। गएको २४ घण्टामा विश्वभर २ लाख ८ हजार २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो।

गएको २४ घण्टामा अमेरिकामा मात्रै साढे ५६ हजारमा संक्रमण देखिएको छ। त्यसैगरी ब्राजिलमा झण्डै ४८ हजार र भारतमा झण्डै २२ हजारमा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरमा उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार