• शनिबार, साउन ९ २०८३

कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम गरे कारबाही


बिहिबार, बैशाख १३ २०८१
1.5K
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ । कार्यालय समयमा अस्पताल, क्लिनिक, मेडिकल तथा नर्सिङ होममा काम गरेको पाइएपछि मन्त्रालयले कारबाहीको चेतावनी दिएको हो  ।

आफूले निजी क्षेत्रमार्फत् सेवा दिएकोबारे विज्ञापन समेत गरेको पाइएकाले त्यसो नगर्न मन्त्रालयले सचेत गराएको छ । कानुन, नैतिकता र आचरणविपरीत यस्तो कार्य गरेको पाइएमा स्वास्थ्य सेवा ऐन २०५३ अनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार