• शुक्रबार, साउन ८ २०८३

गोरखा भूकम्पको ९ बर्ष पूरा, बारपाक सुलिकोटमा आज सार्वजनिक बिदा


बुधबार, बैशाख १२ २०८१
1.8K
Shares

गोरखा । बारपाक सुलिकोट गाउँपालिकामा आज बुधबार सार्वजनिक बिदा दिइएको छ । वैशाख १२ गते बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी दिवंगत हुनेहरुको सम्मान तथा सम्झनामा बुधबार सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाले मंगलबार सार्वजनिक सुचना प्रकाशित गरेर जानकारी दिएको हो ।

२०७२ वैशाख १२ गते शनिबार ११:५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । बुधबार भूकम्पको केन्द्रविन्दु बारपाकस्थित हिमालय माविको खेलमैदानमा श्रद्धाञ्जली कार्यक्रम गर्ने पनि तय भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार