गोरखा । एक पुरुषको मलद्वारमा एक महिनादेखि अड्किएको मेटलको बोत्तल गोरखा अस्पतालमा शल्यक्रिया गरेर निकालिएको छ ।
गोरखा नगरपालिका–३, नारेश्वर घर भएका ५७ वर्षीय एक पुरुषको मलद्वारमा अड्किएको बोत्तल हिजो आइतबार अस्पतालमा शल्यक्रिया गरेर एक महिनापछि निकालिएको हो ।
‘हिजो बिहान उहाँ अस्पताल आइपुग्दा स्वास्थ्य अवस्था निकै नाजुक थियो, चेकजाँच गर्दा मलद्धारमा मेटलको बोलत अड्किएको पत्ता लग्यो, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सिद्धार्थ खनालले सिभिलखबरसंग भने ‘सोधपुछ गर्दा एक महिना भइसकेको रहेछ, त्यसैले हिजै बेलुका ३ घण्टा लगाएर अप्रेशन गरेर निकाल्यौं ।’
आइतबार शल्यक्रिया भएको ति पुरुषलाई आइसियूमा राखेर थप उपचार भइरहेको र अवस्था सामान्य हुन केहि समय लाग्ने बताइएको छ ।
‘अस्पतालका सर्जनद्वय डा जितेन्द्र कुमार सिंह र डा विश्वराज खड्का, एनेस्थेसियोलोजिष्ट डा शम्भु अधिकारी लगायतका टिमले शल्यक्रिया पश्चात् बिरामीको मलद्वारबाट १०×७.५ सेन्टिमिटरको डब्बा निकालिएको छ ।’ मेडिकल सुपरिटेन्डेन्ट डा खनालले भने ।
उनका अनुसार ती पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लामो र ७ दशमलव ५ सेन्टिमिटर चौडाइको बोत्तल निकालिएको छ । कसरी मलद्धारमा मेटलको बोतल अड्कियो भन्ने कुरा भने खुल्न बाँकी रहेको उनको भनाई छ ।