• शनिबार, साउन ९ २०८३

नापाको चौथो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन बाल्टिमोरमा, २ सय बढी वैज्ञानिकबाट कार्यपत्र प्रस्तुत हुने


शुक्रबार, बैशाख ७ २०८१
1.9K
Shares

Screenshot

बाल्टिमोर । एसोसिएसन अफ नेपालीज एग्रीकल्चरल प्रोफेशनल्स अफ अमेरिकाज (नापा) को चौथो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ । २०२४ मे २४ देखि २६ सम्म अमेरिकाको बाल्टिमोर, मेरिल्याण्डस्थित मेरिटाइम सम्मेलन केन्द्रमा सम्मेलन हुने भएको हो ।

‘जलवायु–अनुकूल तथा नवीन कृषि’ भन्ने मूल नारासहित आयोजना हुन हुन लागेको उक्त सम्मेलनमा संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापान, युरोप, नेपाललगायत देशका कृषि, पशु चिकित्सा, पशु विज्ञान तथा अन्य सम्बन्धित विज्ञानका २०० भन्दा बढी वैज्ञानिकहरूले कार्यपत्र प्रस्तुत गर्ने गर्नेछन् ।

सम्मेलनमा युनिभर्सिटी अफ मेरील्याण्ड इस्टर्न शोर स्कुल अफ एग्रीकल्चरल एन्ड नेचुरल साइन्सका डीन, ल्याण्ड–ग्रान्ट प्रोग्राम्स एवं युनिभर्सिटी सेन्टर अफ एक्सीलेन्स फर ग्लोबल फूड सेक्युरिटी एन्ड डिफेन्सका निर्देशक डा मोसेस टी काइरो, यस सम्मेलनको मुख्य वक्ता रहेका छन्।

त्यस्तै उक्त सम्मेलनमा मेरील्याण्ड कृषि विभागका सहायक सचिव हान्स श्मिट, मेरिल्याण्ड हाउस अफ डेलिगेट्स स्वास्थ्य तथा सरकार सञ्चालन समितिका प्रतिनिधी डा ह्यारी भण्डारी, युनिभर्सिटी अफ मेरील्याण्ड, कलेज पार्क, कलेज अफ एग्रीकल्चर एण्ड नेचुरल रिसोर्सका प्रोफेसर तथा एसोसिएट डीन डा पुनीत श्रीवास्तव वक्ताको रुपमा सहभागी हुने म्यानह्याटन कान्सस, आउटरिच, विज्ञापन र मार्केटिङ कमिटीका अध्यक्ष डा सन्तोष ढकालले जानकारी दिए ।

सम्मेलनमा सहभागी हुने वक्ताहरुमा डा रिचर्ड सी रोड्स, कार्यकारी निर्देशक, NERA, रोड आइल्याण्ड विश्वविद्यालयस, डा क्रिस बी वाटकिन्स, प्रोफेसर तथा पूर्व एसोसिएट डीन, कलेज अफ एग्रीकल्चर एण्ड लाइफ साइंसेज र कलेज अफ ह्युमन इकोलोजी, स्कूल अफ इन्टिग्रेटिभ प्लान्ट साइन्स साथै कर्नेल कोअपरेटिभ एक्सटेन्सन, कर्नेल विश्वविद्यालय, इथाका, न्यूयोर्कका पूर्व निर्देशक, डा स्टीफन जे गोएट्ज, कृषि अर्थशास्त्रका प्रोफेसर तथा ग्रामीण विकासका लागि उत्तरपूर्वी क्षेत्रीय केन्द्रका निर्देशक, पेन्सिलभेनिया राज्य विश्वविद्यालयस र डा टेरेसा ई लेस्ली, निर्देशक, उत्तरपूर्वी दिगो कृषि अनुसन्धान तथा शिक्षा, भर्मन्ट विश्वविद्यालय समेत छन् ।

उक्त सम्मेलनमा वैज्ञानिक अनुसन्धान सम्बन्धि प्रस्तुतीकरणका साथै प्रोफेसनल विकास कार्यशाला, नापाको रणनीतिक योजना बारे छलफल, कृषि र पशु चिकित्साका प्रमुख चुनौतीहरूमा प्यानल छलफल, र कृषि कविता वाचन आयोजना गरिने कार्यक्रम रहेको छ।

सम्मेलनमा प्रोफेसनल्स तथा विद्यार्थीहरूले विश्वको जुनसुकै स्थानबाट आफ्नो अनुसन्धानहरू मौखिक र पोस्टर प्रतियोगिता मार्फत प्रस्तुत गर्न सक्ने छन् ।

यसका साथै सहभागी विद्यार्थीहरूले ‘दिगो कृषि-खाद्य प्रणाली हासिल गर्नका लागि जलवायु-अनुकूल र नवीन कृषि’ शीर्षकको निबन्ध प्रतियोगितामा प्रतिस्पर्धा गरी नगद पुरस्कार र प्रशंसा प्रमाणपत्र समेत प्राप्त गर्न सक्ने छन् ।

यस अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आयोजक कमिटीका अध्यक्ष डा लीला कार्की र नापाका अध्यक्ष डा प्रदीप वाग्लेले यस सम्मेलनले स्थापित कृषि पेशाकर्मीहरुलाई आफ्नो अनुसन्धान प्रदर्शन गर्ने अवसर प्रदान गर्ने भएकाले आफुहरु यस सम्मेलनलाई लिएर निकै उत्साहित र प्रतिक्षामा रहेको बताए ।

यस सम्मेलनले नयाँ पुस्ताका वैज्ञानिकहरूलाई समेत आफ्ना नवीन अनुसन्धानहरू प्रस्तुत गर्न, सिक्न र नेटवर्क बढाउनका लागि उत्कृष्ट अवसर प्रदान गर्नेमा आयोजक कमिटी विश्वस्थ रहेको समेत उनीहरूले जानकारी गराए ।

नापा ‘कृषि रूपान्तरणको माध्यमबाट समृद्धि’को दीर्घकालिन दृष्टिकोण राखेको एक गैर(नाफामुखी प्रोफेसनल संस्था हो।

सम्मेलनको विवरण तथा दर्ता प्रक्रिया (Registration) सम्बन्धि सम्पूर्ण जानकारी यस लिङ्कमा (https://napaamericas.org/NAPA-conference-2024) उपलब्ध छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार