• शुक्रबार, साउन ८ २०८३

वैदेशिक रोजगारीमा जानु अघिको अभिमुखीकरण तालिम सञ्चालनको पहिलो संशोधन खारेज


बिहिबार, बैशाख ६ २०८१
1.8K
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पूर्व प्रस्थान अभिमुखीकरण तालिमको शुल्क यथावत् नै राख्ने निर्णय गरेका छन् ।

पूर्वश्रममन्त्री शरदसिंह भण्डारीले तालिम शुल्क दुई हजार ८०० पुग्ने गरी गरेको पूर्व प्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ को पहिलो संशोधन बहालवाला श्रममन्त्री अर्यालले खारेज गरेका हुन् ।

मन्त्रालयको बिहीबारको मन्त्रीस्तरीय निर्णयबाट कार्यविधिको पहिलो संशोधन खारेज भएको र यो निर्णयसँगै तालिम शुल्क सात सय नै कायम भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्द रिजालले जानकारी दिए ।

समितिले गत पुस २७ गते नै श्रममन्त्री अर्याललाई प्रतिवेदन बुझाएको थियो । समितिको सुझाव अनुसार मन्त्रालयले कार्यविधिको पहिलो संशोधन खारेज गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार