• शुक्रबार, साउन ८ २०८३

गोरखा संग्राहलयमा एकै दिन २ हजार पर्यटक


आइतबार, बैशाख २ २०८१
2.2K
Shares

गोरखा । नयाँ वर्षका दिन करिब दुई हजार जनाले गोरखा संग्राहलयको अबलोकन गरेका छन् । बैशाख १ गते एकैदिन करिब दुई हजार पर्यटकले गोरखा संग्राहलयको अवलोकन गरेका हुन् ।

बैशाख १ गते शनिबार १ हजार ९ सय १३ जनाले अबलोकन गरेको संग्राहलयका प्रमुख जय नारायण कार्कीले जानकारी दिए । जसमा देशभरका बिभिन्न विद्यालयबाट आएका २ सय ३५ विद्यार्थी, १ हजार ६६६ नेपाली पर्यटक र १२ जना विदेशी पर्यटकले संग्राहलय अबलोकन गरेको उनले बताए । संग्राहलयमा आर्थिक वर्षको ९ महिनामा ९२ हजार ८ सय ५७ जनाले अबलोकन गरेका थिए ।

जसमा देशभरका बिभिन्न विद्यालयबाट आएका ३२ हजार ५२८ विद्यार्थीले अबलोकन गरेको उनले बताए । त्यसैगरी ५९ हजार २४ नेपाली स्वदेशी पर्यटक, दक्षिण एसिया(सार्क राष्ट्र)का ८५ र १ हजार २२० जना अन्य मुलुकका पर्यटकले संग्राहलय अबलोकन गरेका थिए ।

गत आर्थिक वर्ष २०७९/०८० मा विद्यार्थी, नेपाली, दक्षिण एसिया तथा अन्य बिदेशी गरेर १ लाख हजार २३ हजार ७३१ जनाले अवलोकन गरेको थियो । ती मध्ये ४३ हजार ५७० जना विद्यार्थी, ७९ हजार २३१ जना साधारण नेपाली, ७० जना दक्षिण एसियाली देशका र ८६० जना अन्य मुलुकका पर्यटक रहेको उनले बताए ।

यस्तै आर्थिक वर्ष २०७८/०७९ मा २६ हजार ५९१ जना विद्यार्थी, ४९ हजार ८०० जना नेपाली, ५९ जना दक्षिण एसियाका र ३१७ जना अन्य मुलुकको गरेर ७६ हजार ३२८ जनाले संग्रहालयको अवलोकन गरेका थिए । संग्रहालयमा नेपाल एकीकरण अभियानमा प्रयोग भएका हातहतियार राखिएका छन् ।

द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मका राजाहरूको जन्मकुण्डलीलगायत नालीबेली, प्रचीन भाँडावर्तन, नेपालमा बसोबास गर्ने मुख्य जातजातिका डमी, प्राचीन महत्वपूर्ण व्यक्ति, स्थल तथा सामानको तैलचित्र, पुष्पिका वाक्य, धार्मिक कक्ष, प्राचीन बाजागाजाहरू राखिएका छन् ।

सोही कुराहरुको अबलोकन गर्न र जानकारी लिनको लागि पर्यटकहरु संग्राहलय आउने गरेको छ । फुर्सदको समयमा अथवा छुट्टि मनाउन पनि पर्यटकहरु संग्रालय आउने गरेको पाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार