गोरखा । गोरखामा हिजाे बुधबार दिउँसाे टिपरकाे ठक्करबाट घाइते भएका ५ जना नेपाली सेना मध्य एक जनाकाे मृत्यु भएकाे छ ।
गोरखा-आँबुखैरेनी सडक खण्ड अन्तरगत १५ किलोमा बुधवार टिपर र नेपाली सेनाको गाडी ठोक्किएर दुर्घटना भएको थियाे । दुर्घटनामा रणसिंह दल गण गोरखामा कार्यरत ५ जना घाइते भएका थिए । जसमध्य २ जनाकाे अवस्था गम्भिर भएकाे भन्दै बुधबार बेलुका भरतपुर लगिएकाे थियाे ।
घाइते मध्ये शरीरमा गम्भिर चोट लागेका नेपाली सेनाका जवान प्रेम परियारको चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बिहिवार मृत्यू भएको रणसिंह दल गण गोरखाका गणपति उज्वल केसीले बताए । उनी पालुङटार नगरपालिकाका स्थायी बासिन्दा हुन ।
अर्का गम्भिर घाईते रञ्जित रानाको उपचार भईरहेको छ । बा १ झ ५८०० नम्बरको सेनाको निसान जिपलाई बिपरित दिशाबाट आउँदै गरेको लु १ त ३८४६ नम्बरको टिपले ठक्कर दिएको थियो ।
टिपर चालक र टिपर प्रहरी नियन्त्रणमा छन् । दुर्घटनाकाे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।