काठमाडौँ । काठमाडौँमा केहि दिनदेखि वायु प्रदूषण बढिरहेको छ । काठमाडौँ उपत्यकामा आज तुवाँलो लागेको छ ।
काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने मौसमविद् गोविन्द झाले बताएका छन् । ‘आज काठमाडौँमा तुवाँलो लागेको छ, केही समय आकाश खुलेपनि तुवाँलो पूर्णरूपमा हट्ने सम्भवना छैन’ उनले भने ।