• शुक्रबार, साउन ८ २०८३

गोरखामा सरकारी तलव सुविधा लिनेका छोराछोरीलाई नीजि स्कुलमा पढाउन बन्देज, अटेरी गरे कारबाही


बुधबार, चैत्र २८ २०८०
4.8K
Shares

गोरखा । गोरखा नगरपालिका क्षेत्रका जनप्रतिनिधी, सरकारी कर्मचारी तथा शिक्षकहरुलाई आफ्ना छोराछोरी नीजि स्कुलमा पढाउन बन्देज लगाइएको छ ।

गोरखा नगरपालिकाले मंगलबार एक निर्देशन जारी गर्दै यस क्षेत्रका जनप्रतिनिधि, सरकारी कर्मचारी तथा शिक्षकर शिक्षिकाका छोराछोरीलाई बोर्डिङ्ग स्कुलमा पढाउन बन्देज गरिएको हो ।

चैतमा २४ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार मंगलबार शिक्षा शाखाका प्रमुख चन्द्रबहादुर खड्काले सार्वजाकि सूचना जारी गरेका हुन् ।

आगमी शैक्षिक सत्र २०८१ सालबाट नगरपालिका अन्र्तगतका सार्वजनिक पद धारण गरेका सबै–जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक तथा विद्यालय कर्मचारी अथवा नेपाल सरकारको कोषबाट तलब भत्ता खाने सबैले आफ्ना बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नु पर्ने सूचनामा उल्लेख छ ।

यदी कसैले अटेर गरेमा नियमानुसार कारबाही हुने समेत नगरपालिकाले जनाएको छ । सबै सामुदायिक विद्यालयहरुले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रमको पूर्णरुपमा पालना गर्नुपर्ने निर्णयमा उल्लेख छ । सबै संस्थागत विद्यालयहरुले स्थानीय तहबाट स्वीकृत भएको शुल्क मात्र लिन पाउने छन् ।

साथै नगरपालिका भित्र भएका सम्पूर्ण विद्यालयहरुमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रद्धारा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न नगरपालिका भित्रका विद्यालयहरुलाई निर्देशन दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार