• शनिबार, साउन ९ २०८३

शैक्षिक सत्र सुरु हुनुअगावै पुग्यो गण्डकीका ११ वटै जिल्लामा पाठ्यपुस्तक


मंगलबार, चैत्र २७ २०८०
1.2K
Shares

पोखरा । शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तकको व्यवस्था भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पोखरा कार्यालयका अनुसार आउँदो शैक्षिक सत्रका लागि छ लाख आठ हजार छ सय २८ थान पुस्तक बिक्री भइसकेको छन् ।

हिमालपारिका जिल्ला मुस्ताङ, मनाङसहित सबै जिल्लामा स्थानीय विक्रेतामार्फत पाठ्यपुस्तक पुर्याइएको केन्द्रका निमित्त प्रमुख शिवविलास पौडेलले जानकारी दिए । प्रदेशका १० जिल्लामा पोखरा र नवलपुरमा भरतपुर कार्यालयबाट पुस्तक बिक्री हुँदै आएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार