काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि जापान जाने विद्यार्थीहरुको विदाई गरिएको छ । काठमाडौँको बालाजुचोकबाट सञ्चालित कोतोदामा ल्याङवेज इन्स्टिच्यूट प्रालिले जापानमा उच्च शिक्षा अध्ययनका लागि जाने अप्रिल २०२४ को सेसनका विधार्थीहरुको विदाई गरेको हो ।
काठमाडौमा आयोजित एक समारोहकावीच विधार्थीको विदाईसंगै इन्स्टिच्यूटद्धारा जापानको रहनसहन, त्याहाँको कानूनी व्यवस्था, रोजगारीको अवस्था, त्याहाको संस्कृती लगायतका बिषयमा समेत अभिमुखिकरण गराएको थियो । कार्यक्रममा जापान जाने विधार्थीसंगै उनिहरुका अभिभावकहरुसंग समेत अन्तरकृया गरिएको इन्स्टिच्यूटका प्रवन्ध निर्देशक विनोद पोखरेलले बताए ।
हरेक सेसनमा उल्लेख्य नेपाली विधार्थीहरु इन्स्टिच्यूटको सहजीकरण र समन्वयमा जापान गइरहेको प्रवन्ध निर्देशक पोखरेलले बताए । ‘हामीले २ दशकभन्दा बढी समय भयो नेपाली विधार्थीहरुको उच्च शिक्षा हासिल गर्ने अभियानमा सहकार्य र सहजीकरण गर्न थालेको, आजका दिनसम्म आइपुग्दा हामी देशभरका विधार्थीहरुको आशा र भरोसा बन्न पाउँदा अत्यन्त हर्षित छौ’ पोखरेलले सुनाए ।
उनले जापानमा शिक्षासँगै सम्मानजनक रोजगारी र राम्रो आयको अवसर रहेको समेत बताए ।
२२ बर्ष अनुभव रहेको कोतोदामा ल्याङवेज इन्स्टिच्यूटले विशेष गरेर जापानमा उच्च शिक्षा हासिल गर्न जान चाहाने विधार्थीहरुका लागि भाषा कक्षा सञ्चालन तथा जापानी विश्वविधालयहरुसंग आवस्यक सहजीकरण र समन्वय गर्दै आइरहेको छ ।
अप्रिल सेसनका विधार्थीको विदाई तथा अभिमुखिकरण कार्यक्रममा जापानका पूर्व राजदुत गणेश योञ्जन तामाङको प्रमुख आतिथ्यता रहेको थियो । उनले भर्चुअल रुपमा विधार्थीहरुलाई शुभेच्छा व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौँका कानूनी सल्लाहकार कमलराज अधिकारी, जिवकराज वज्राचार्य, सामाजिक अभियान्ता इन्द्रराज भट्टराई लगायतले सम्बोधन गरेका थिए ।
वज्राचार्य जापानको विश्वविधालयको पिएचडी होल्डर हुन् । उनले विधार्थीहरुलाई जापानमा गएर अध्ययन गर्दाको अनुभव सुनाएका थिए । त्यस्तै अर्का वक्ता भट्टराई इन्टरनेशनल सोसियल सर्भिस अवार्ड २०२३ तथा नेशनल वेलफेयर अवार्ड २०२३ प्राप्त गर्न सफल ब्यक्ति समेत हुन् ।
कार्यक्रमकै अवसरमा अप्रिल २०२४ सेसनमा रविना श्रेष्ठ र सनम मैनाली उत्कृष्ठ विधार्थी घोषित भए भने २०२३ को उत्कृष्ठ कर्मचारीका रुपमा प्रतिक्षा मरेटा घोषित भएको संस्थाका मेनेजर नरेन्द्र पण्डितले जानकारी दिए ।
कार्यक्रममा पण्डित निलकण्ठ शर्माले स्वस्तिक वाचन गरेका थिए भने विधार्थी अम्मर खत्रीले कविता, इन्दु गुरुङ, दिप्सना ढकाल, दिप्सिका ढकालले नृत्य प्रदर्शन गरेका थिए । त्यस्तै शिक्षक प्रकाश खनियाले विधार्थीहरुले जापान पुगेपछि अध्ययनसंग
आफ्नो र परिवारको जिविकोपार्जनका लागि गर्नुपर्ने कार्य, त्याहाको वातावरणसंग घुलमिल हुने तरिका, दैनिकी ब्यवस्थापन लगायतका बिषयमा जापनीज भाषाबाट सम्बोधन गरेका थिए । कार्यक्रम सोही इन्स्टिच्यूटका विधार्थी निरज ढकालले सञ्चालन गरेका थिए ।
साथै संस्थाले २०२४ को अक्टोबर र २०२५ को अप्रिल सेसनका लागि नयाँ भर्ना समेत खुलिसकेकाले देशभरका विधार्थीहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।