• मंगलबार, असोज १३ २०८३

कोरोनाबाट विदेशमा रहेका १३० नेपालीको मृत्यु, हेर्नुस कहाँ कति ?


बिहिबार, असार १८ २०७७
825
Shares

काठमाडौं । कोरोनाका कारण विदेशी भूमिमा १ सय ३० नेपालीले ज्यान गुमाएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १३ मुलुकमा रहेका नेपालीले कोरोनाका कारण ज्यान गुमाएको जनाएको छ।

संघअन्तर्गतको स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६७ जनाको मृत्यु भएको छ।

त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई) मा १९, अमेरिकामा १७, साउदीमा ९, कतारमा ७, बहराइनमा ३, टर्की, आयरल्यान्ड, जापान, नेदरल्यान्ड र स्विडेनमा १/१ जना छन्। यस्तै अन्य मुुलुकमा तीन जनाको ज्यान गएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार