• शुक्रबार, साउन ८ २०८३

विदेशमा बसेका नेपालीका गुनासा र समस्या सम्बोधन गर्न नयाँ व्यवस्था


बिहिबार, चैत्र २२ २०८०
1.8K
Shares

काठमाडौं । कन्सुलर सेवा विभागले विदेशमा बसेका नेपालीका गुनासा र समस्या सम्बन्धित दूतावासमार्फत दर्ता गराउन सक्ने गरी नयाँ मोड्युल (अनलाइन प्रणाली)को शुभारम्भ गरेको छ ।

बिहीबार विभागस्थित कार्यालयमा एक कार्यक्रमबीच गुनासा र समस्या सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्ने अनलाइन प्रणालीको शुभारम्भ गरिएको हो ।

नयाँ मोड्युलको अनलाइन प्रणालीको शुभारम्भ गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कन्सुलर सेवा अनलाइनबाटै लिन सक्ने कामको प्रचारप्रसार गर्न नसक्दा विभागमा धाइरहने समस्या रहेको उल्लेख गरे । यसको व्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको उनले उल्लेख गरे ।

कन्सुलर सेवा गाउँपालिका, नगरपालिकाबाटै अनलाइन फाराम भरेर लिन सकिने उनले जानकारी गराए । फाराम भरेपछि विभागले तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता उनले व्यक्त गरे ।

आउँदो एक हप्ताभित्रै मन्त्रालयले विदेशमा रहेका नेपाली श्रमिक घाइते र मृत्यु भएको अवस्थामा क्षतिपूर्तिसहितको माग दाबीका निम्ति दूतावास नै पुग्नुपर्ने स्थितिलाई घरबाटै गर्न सक्ने गरी व्यवस्था मिलाइने पनि उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार