• शनिबार, साउन ९ २०८३

बागमती प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ


मंगलबार, चैत्र २० २०८०
1.5K
Shares

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरु क्रमशः केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरी चार जना मन्त्री समावेश गरेका थिए। मुख्यमन्त्रीको सिफारिसअनुसार प्रदेश प्रमुख शर्माले बागमती प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेललाई वन तथा वातावरण मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी, सिँचाइ तथा उर्जा र प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसैबीच प्रदेश प्रमुख शर्माले नेकपा एकीकृत समाजवादीका तर्फबाट रमा आले मगरलाई विना विभागीय मन्त्रीमा शपथ ग्रहण गराएका हुन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार