• आइतबार, साउन १० २०८३

एडीबीले बढायो नेपाललाई दिने सहायता


बिहिबार, असार १८ २०७७
890
Shares

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले कोभिड–१९ महामारी नियन्त्रण गर्न नेपाललाई दिने सहायता बढाउने तयारी गरेको छ। भर्खरै २५करोड अमेरिकी डलर ऋण सहायता सम्झौता गरेको एडीबीले अनुदान सहायता थप्ने भएको हो।

अर्थ मन्त्रालयले दिएको जानकारीअनुसार एडीबीले ४८ लाख ९० हजार डलर अनुदान सहायता दिने तयारी गरेको छ। यसमध्ये १८ लाख ९० हजार अमेरिकी डलर कोभिड–१९ को उपचारार्थ आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्न प्रयोग गरिनेछ।

प्राविधिक सहायताअन्तर्गत उपलब्ध हुने यो सहायता मंगलबारको विनिमय दरअनुसार २२ करोड ९१ लाख रुपैयाँ बराबर हो। त्यसबाहेक ३० लाख अमेरिकी डलर प्रकोप नियन्त्रणका लागि दिने भनिएको छ। मंगलबारको दरमा यो ३६ करोड ३० लाख रुपैयाँभन्दा बढी हो।

एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ड शीर्षकअन्तर्गको यस्तो सहायता प्रकोप न्यूनीकरणका लागि दिने गरेको छ। यो रकम सरकारले कोरोना महामारी जोखिम न्यूनीकरणमा खर्च गर्न सक्नेछ। याे खबर आजकाे अन्न्पूर्ण पाेष्टले छापेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार