• शनिबार, साउन ९ २०८३

पत्रकार भीमलाल श्रेष्ठद्धारा निर्देशित मकै विवाहलाई ‘बेस्ट नेशनल डकुमेन्ट्री फिल्म एवार्ड’


मंगलबार, चैत्र २० २०८०
2K
Shares

पत्रकार भीमलाल श्रेष्ठले निर्देशन गरेका मकैको विवाह नामक डकुमेन्ट्री फिल्मले यसबर्षको बेस्ट नेशनल डकुमेन्ट्री फिल्म एवार्ड जितेको छ । आइतबार राजधानी काठमाडौँमा आयोजित पाँचौ नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा सो डकुमेन्ट्रीलाई पुरस्कृत गरिएको हो ।

प्रतिस्पर्धाका लागि छनौट भएका ३७ देशका ९९ डकुमेन्ट्री फिल्महरुमध्य मकैको विवाहले उत्कृष्ट डकुमेन्ट्री फिल्म एवार्ड जितेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदीप पौडेलले विजेता श्रेष्ठलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

फिल्म निर्देशक श्रेष्ठले गोरखाको धार्चे ४ लाप्राक लगायतका विभिन्न गाउँमा प्रचलित सांस्कृतिक पर्व मकैको विवाहको विषयमा सो डकुमेन्ट्री तयार पारेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार