• शनिबार, साउन ९ २०८३

छोराको दाहसंस्कार सकेर फर्किदा त्रिशुली नदीमा बिलायो जुनमायाको ‘परिवार’

दुर्घटनामा एकै परिवारका ५ जनाको मृत्यु, एक जना वेपत्ता


शनिबार, चैत्र १७ २०८०
4K
Shares

काठमाडौँ- काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ७: १५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो ।

मृत्यु हुनेमा गोरखा नगरपालिका-५ का ३५ वर्षीय अर्जुन शिर्मल, वडा न‌‍ ७ का ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनमाया रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले बताए ।

मृतक सबै एकै परिवारका हुन् । शंकर रोकायाको काठमाडौंमा निधन भएपछि उनीहरू पशुपतिमा दाहसंस्कार गरेर गोरखा फर्किँदै थिए । शंकर जुनमायाको छोरा हुन् । उक्त ट्याक्सी नातामा ज्वाईं पर्ने अर्जुनले चलाएका थिए ।

उनका अनुसार ट्याक्सीमा चालकसहित ६ जना सवार थिए । अझै गोरखा नगरपालिका-७ का १८ वर्षीय दिवस रोकाय बेपत्ता छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार