काठमाडौँ । काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान चितवनको इच्छाकामना गाउँपालिका ५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको छ।
प्रहरीका अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो।
दुर्घटनामा परि हालसम्म पाँच जनाको मृत्यु भएको मुग्लिन प्रहरी चौकीले पुष्टि गरेको छ । मृतक चार जना गोरखा नगरपालिका वडा नम्बर ७ र १ जना वडा नम्बर ५ को रहेको बताइएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा ट्याक्सी चालक गोरखा नगरपालिका ५ का ३५ बर्षिय अर्जुन सिर्मल रहेका छन् । त्यस्तै अन्य मृतक चार जना गोरखा नगरपालिका ७ की ४१ वर्षिया हरिमाया रोका, ७० वर्षिया जुनकिरी रोका, २८ वर्षिया अञ्जना रोका र ९ बर्षका आगमन नगरकोटी रहेको मुग्लिन प्रहरीले सिभिलखबरलाई जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनिहरु पाँच जनाको शव फेला परिसकेको र सोही वडाका १८ बर्षका दिवस रोका वेपत्ता रहेका छन् । उनिहरु एकै परिवारको रहेको बताइएको छ ।
मुग्लिन प्रहरीका अनुसार उक्त ट्याक्सी मुग्लिन पुग्न एक किलोमिटरअगाडि दुर्घटनामा परेको हो।