• शनिबार, साउन ९ २०८३

गोरखामा नेपाली सेनाकाे टाेली सवार गाडीमा टिपरको ठक्कर, ५ सेना घाइते


बुधबार, असार १७ २०७७
1.3K
Shares

गोरखा । गोरखामा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ ।

गोरखा –आँबुखैरेनी सडकखण्ड अन्तरगत गोरखा नगरपालिका ११ को १५ किलोमा सेनाको गाडीलाई टिपरले ठक्कर दिएको हो ।

आँबुखैरनी तर्फबाट गोरखा सदरमुकाम आउदै गरेको नेपाली सेनाको बा १ झ ५८०० नम्बरकाे निसान गाडीमा विपरित दिशाबाट गइरहेको लु १ त ३८४६ टिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले सिभिलखबरलाई बताए ।

दुर्घटनामा जिपमा सवार ५ जना सेना घाइते भएको र जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको एसपी गुरुङले बताए ।

घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको बताइएको छ । टिपर चालक र टिपर प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार