गोरखा । गोरखाको लक्ष्मी बजार क्षेत्र सिल गरिएको छ ।
मंगलबार जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाका एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएसंगै उनको सम्पर्कमा पुगेका अन्य कर्मचारी र स्थानीयको कन्ट्याक ट्रेसिङ गर्नुपर्ने भन्दै गोरखा नगरपालिका वडा नम्बर ९ को कार्यालय लगायत आसपासका ब्यवसाय समेत बन्द गरिएको हो ।
वारपाक सुलिकाेटमा देखिएका संक्रमितकाे आफन्त गोरखा नगरपालिका ९ काे लक्ष्मीबजार शहरी स्वास्थ्य केन्द्रमा कार्यरत रहेकाले उनकाे समेत कन्ट्याक ट्रेसिङ गर्नुपर्ने भएकाे र रिपाेर्ट नआएसम्म स्वास्थ्य संस्था र वडा कार्यालयकाे सेवा बन्द गर्ने निर्णय भएकाे नगरप्रमुख राजनराज पन्तले बताए ।
बुधबार एक विज्ञप्ती जारी गर्दै नगरपालिकाले लक्ष्मीबजार आसपासका पसलहरु बन्द गराई सहयाेग गरिदिन र अत्यावस्यक बाहेक बाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह गरेकाे छ ।
