• शनिबार, साउन ९ २०८३

गोरखा सहित गण्डकीमा थपिए २८ जना कोरोना संक्रमित, संख्या ९९४ पुग्यो


बुधबार, असार १७ २०७७
990
Shares

गोरखा । गोरखा सहित गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै गण्डकीमा कोरोना भाइरस संक्रमितको संख्या नौ ९४ पुगेको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षण थप २८ जनामा संक्रमण देखिएको हो।

आज संक्रमण पुष्टि भएकामध्ये ३ जना गोरखा जिल्लाका रहेका छन । जसमध्ये वारपाक सुलिकाेट गाउँपालिकाका २ र शहिद लखन गाउँपालिकाका १ जना रहेकाे निर्देशनालयले जनाएकाे छ ।

गण्डकी स्वास्थ्य निर्देशानलयले बुधबार बिहान जारी गरेको विज्ञप्ति अनुसार नवलपरासी र कास्कीका नयाँ संक्रमित सबैलाई आइसोलेसन राखिसकिएको छ।

गोरखाको शहीद लखन गाउँपालिकाका संक्रमितलाई कोरोना अस्पताल, भरतपुरमा राखिएको छ भने अन्य जिल्लाका सबै संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेन कक्षमा लैजाने तयारी भैरहेको छ।

हेर्नुस विज्ञप्ती

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार