• शुक्रबार, साउन ८ २०८३

आज दुवै सदनका बैठक बस्दै, प्रतिनिधी सभामा काँग्रेसले अवरोध गर्न सक्ने सम्भावना


बुधबार, चैत्र ७ २०८०
2.3K
Shares

काठमाडौँ । आज बुधबार संसद्का दुवै सदनका बैठक बस्दैछन्।

संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा ११ बजे सुरु हुनेछन्।

आज प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९आईएसए० को स्थापनासँग सम्बन्धित सम्झौतामा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यसैगरी कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ मा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

सम्भावित कार्यसूचीअनुसार आज प्रतिनिधि सभाको बैठकमा ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

तर सहकारी पिडितको समस्या समाधान गर्न संसदीय समिति निर्माण गरि छानविन गर्नुपर्ने माग गरिरहेको नेपाली काँग्रेसले सो माग पूरा सम्बोधन नभएकाले आजको प्रतिनिधी सभा बैठक अवरुद्ध गर्ने सम्भावना पनि रहेको काँग्रेसका एक सांसदले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार