• शनिबार, साउन ९ २०८३

११ जिल्लाका सीडीओ फेरिए


मंगलबार, चैत्र ६ २०८०
1.5K
Shares

काठमाडौं । गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरेको छ ।

संखुवासभाको प्रजीअमा ध्रुब बहादुर खड्कालाई पठाइएको छ । सुर्य बहादुर खत्रीलाई अर्घाखाँची, बुद्धबहादुर गुरुङलाई लमजुङ र नारायण ढकाललाई ओखलढुंगाको प्रजिअमा पदस्थापन गरिएको छ ।

रोल्पामा खिम बहादुर रायमाझी, जाजरकोटामा ऋषिराज आचार्य र धनुषामा रामुराज कडरियालाई पदस्थापन गरिएको छ । खोटाङको प्रजिअमा शिव कुमार कार्कीलाई सरुवा गरिएको छ । दार्चुलाको प्रमुख जिल्ला अधिकारीमा यज्ञराज जोशी, तेह्रथुममा मीना अर्याल र ताप्लेजुङमा रविन्द्र आचार्यलाई सरुवा गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार