Concept to represent the 2020 virus threat Coronavirus, blood in a test tube.
गोरखा । वारपाक सुलिकोट गाउँपालिका पाँच दिन सिल गरिएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएसंगै एक हप्ताका लागि गाउँपालिका अन्तरगतका सबै कार्यालय बन्द गर्ने निर्णय भएको अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।
सूर्यज्याती माविको क्वारेन्टिनमा रहेका ब्यक्तिमा संक्रमण देखिएसंगै उनको सम्पर्कमा पुगेकाहरुको कन्ट्र¥याक्ट ट्रेसिङ गर्दा आज स्वास्थ्य शाखाका कर्मचारी सहित अर्का एक जनामा कोरोना पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।
मंगलबार साँझ गाउँपालिकाले प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य चौकी बाहेक सम्पूर्ण कार्यालय आगामी असार २१ गतेसम्मका लागि बन्द गरी कन्ट्र¥याक्ट ट्रेसिङको प्रकृया सुरु गर्ने जनाएको हो ।
हेर्नुस विज्ञप्ती
