• शनिबार, साउन ९ २०८३

सुन तस्करीमा संलग्न भएकालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन


आइतबार, चैत्र ४ २०८०
1.6K
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा संलग्न भएकालाई कारबाही गर्न निर्देशन दिएका छन् । सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न उनले निर्देशन दिएका छन् ।

आइतबार बिहान उनले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख श्याम ज्ञवालीलाई यस्तो निर्देशन दिएका हुन् ।

कृष्णबहादुर महरासहित प्रतिवेदनले औँल्याएका निजामती र प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार