• शुक्रबार, साउन ८ २०८३

कुबेतमा सडक दुर्घटनामा परि मृत्यु भएका तीन नेपालीको शव नेपाल ल्याउन पहल थालियो


शुक्रबार, चैत्र २ २०८०
1.6K
Shares

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा सडक दुर्घटनामा परी मृत्यु भएका तीन नेपाली श्रमिकको शव यथाशिघ्र नेपाल फर्काउने तयारी भइरहेको बताएका छन् ।

उनले मृतकका शोक सन्तप्त परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दै मृतक श्रमिकको परिवारलाई पाउने राहत प्रक्रियाअघि बढाउन निर्देशन दिएका हुन् । मृतक श्रमिकको शव नेपाल फर्काउनका लागि कुवेतस्थित नेपाली दूतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशन दिएको मन्त्री अर्यालले जानकारी दिए । उनले कुबेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मृतक श्रमिक र परिवारको विषयमा जानकारी लिएका थिए ।

 

गत मङ्गलबार बिहान कुबेतको महाबुल्ला क्षेत्रको सी साइड सडकमा भएको दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपाली श्रमिकको मृत्यु भएको थियो । मृत्यु हुनेमा काठमाडौँ सानो भर्याङका सुजन कार्की, अछामका सुरतबहादुर कडायत र धनुषाका धीरज गुर्मछान मगर रहेका छन् ।

मन्त्री अर्यालले कुबेतस्थित दूतावासले मृतक श्रमिकले पाउने क्षतिपूर्तिको निमित्त घटनाको प्रकृतिको सम्बन्धमा थप बुझ्न स्थानीय कानुन व्यवसायी परिचालन गरिएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार