गोरखा । बिद्यार्थीको सुविधालाई मध्येनजर गर्दै गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसले आफ्नै बस सञ्चालनमा ल्याएको छ ।
केही वर्ष देखि अन्य भाडाख बस सञ्चालन गरी विद्यार्थी ल्याउने लैजाने गरेको क्याम्पसले अब भने आफ्नै बसबाट सेवा दिने भएको हो ।
४८ लाख पर्ने उक्त बसको रकममा नेपाल सरकारबाट सामुदायिक क्याम्पसलाई दिने छुट रकम कटाएर २८ लाख ३३ हजारमा रुपैयामा ल्याइएको क्याम्पस प्रमुख रामचन्द्र दवाडीले जानकारी दिए ।
‘क्याम्पसका लागि एक बस अति नै आबश्यक भएको हुँनाले हामीले ल्याएका हौ,’ उनले भने, ‘विद्यार्थीहरुको सुविधाको लागि सबैको सहयोगमा बस ल्याउन सफल भयौं ।’
बस सञ्चालनको लागि गोरखा नगरपालिकाको ७ लाख र बाँकी क्याम्पसको कोषबाट लगानी गरिएकोे उनले बताए ।