• शनिबार, साउन ९ २०८३

भिरबाट गाडी खस्दा ६ जनाको मृत्यु


बिहिबार, चैत्र १ २०८०
1.8K
Shares

उदयपुरको बेलका नगरपालिका– ७ मा भिरबाट गाडी खस्दा ६ जनाको मृत्यु भएको छ ।

भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जिप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

बाेलेरोमा १४ जना सवार थिए ।  दुर्घटनामा ६ जनाको मृत्यु भएको खबर आएलगलगत्तै स्थानीयहरूसँग समन्वय गरी  प्रहरीले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकले बताए ।

मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन । घटनास्थलमा उद्धारको कार्य भइरहेको र एम्बुलेन्स पनि पुगिसकेको पाठकले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार