• आइतबार, साउन १० २०८३

पर्यटन व्यवसायी खत्रीले दिए गोरखाका स्थानीय तहलाई स्वास्थ्य सामाग्री


मंगलबार, असार १६ २०७७
1.1K
Shares

गोरखा । पर्यटन व्यवसाय प्रेम खत्रीले गोरखाका स्थानीय तहहरुलाई २ हजार थान भिटिएम (पिसिआर परीक्षण किट) सहयोग गरेका छन् ।

भिटिएम प्रर्याप्त नभएका कारण स्थानीय तहले पिसिआर परीक्षणको दायरा बढाउन नसकेको थाहापछि आरुघाट गाउँपालिका–८ का खत्रीले उक्त सहयोग गरेका हुन् ।

गण्डकी, आरुघाट र पालुङटारलार्ई २/२ सय थान, सिरानचोक, अजिरकोट र बारपाक सुलिकोकटलाई १५०/१५० थान र धार्चे गाउँपालिकामा १ सय वटा भिटिएम वितरण गरिएको छ ।

सरदमुकामको गोरखा नगरपालिका र संक्रमितको संख्या उच्च रहेको भिमसेन थापा गाउँपालिकामा २५०/२५० थान र गोरखा क्याम्पसको आईसोलेसनका लागि १ सय ५० थान भिटिएम उपलब्ध गराइएको खत्रीले जानकारी दिए ।

शहिद लखन गाउँपालिकालाई २ सय पीस किट, १ हजार मास्क र चुमनुव्री गाउँपालिकालाई एक हजार थान मास्क हस्तान्तरण गरिएको छ । सोही अबसरमा उनले नेपाल पत्रकार महासंघ गोरखा शाखालाई २ हजार मास्क र एक सय वटा सेनिटाइजर सहयोग गरेका छन ।

केही समय अघि उनले गोरखाका अधिकाशं स्थानीय तहहरुलाई माक्स, सेनिटाइजर थर्मल गन समेत उपलब्ध गराएका थिए । सम्भव नेपाल नामक एक संस्था समेत खोलेका उनले गोरखाका विभिन्न सामाजिक काममा सहयोग गर्दै आइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार