• शुक्रबार, साउन ८ २०८३

पन्ध्र महिनापछि प्रधानमन्त्री बन्लान् माधव कुमार नेपाल ?


बुधबार, फाल्गुन ३० २०८०
1.3K
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले १५ महिनापछि पार्टी अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने दाबी गरेको छ । पार्टी प्रमुख सचेतक मेटमणि चौधरीले गठबन्धनमा १५ महिनापछि नेपाल प्रधानमन्त्री बन्ने सहमति भएको जानकारी दिए ।

“१५/१५ महिना प्रधानमन्त्रीको सहमति भएको छ । अबको १५ महिना पुष्पकमल दाहाल प्रचण्ड, त्यसपछि माधवकुमार नेपाल र अनिमात्र प्रधानमन्त्री केपी शर्मा ओली बन्ने सहमति भएको छ,” उनले भने ।

बुधबार बसेको संसदीय दलको बैठकपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक चौधरीले सहमतिअनुसार कार्यान्वयन नभए फरक तरिकाले सोच्ने बारेमा पनि निर्णय भएको बताए । उनले सहमति कार्यान्वयन हुनेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरिएको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार