• शनिबार, साउन ९ २०८३

कोरोना महामारीको चरम रूप देखिन बाँकी नै छ : विश्व स्वास्थ्य संगठन


मंगलबार, असार १६ २०७७
935
Shares

काठमाण्डाै । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारीले अझै चरम रूप लिन बाँकी नै रहेकाे चेतावनी दिएको छ।

डब्लूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेहब्रेयससले विश्वभरका सरकारले सही नीति पालना गरेनन् भने कोरोना भाइरसले अझै धेरै मानिस संक्रमति हुने जोखिम रहेको बताएका छन् ।

सोमबार भर्चुअल ब्रिफिङमा उनले भने, ‘हामी चाहन्छौं यो सबै (संकट) चाँडै अन्त्य होस्। सामान्य जीवनमा फर्किन सकौं। तर कटु सत्यता के हो भने यो महामारी अन्त्यबाट हामी अझै टाढा छौं।’

यसबीच केही देशले कोरोना नियन्त्रणमा प्रगति त गरेका छन्, तर विश्वस्तरमा यो महामारी फैलावटको गति तीव्र बनिरहेको उनले बताए। डा. टेड्रोसले भने, ‘अझै हामी चेतेनौं र समस्या सुल्झाउन विश्व एकता र सहकार्य गरेनौं भने अझ खराब सयम आउन बाँकी नै छ।’

उनले महामारी नियन्त्रणका लागि जर्मनी, दक्षिण कोरिया तथा जापानको बाटो अवलम्बन गर्नुपर्ने सल्लाह दिएका छन्, जहाँ लगातार परीक्षण अनि परीक्षणको नीति अपनाइएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार