• शनिबार, साउन ९ २०८३

नेकपा एसले समेत प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने संकेत!


सोमबार, फाल्गुन २८ २०८०
1.5K
Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई नेकपा एसले समेत प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने संकेत गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले राष्ट्रिय सभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरूमा लिखित सहमति जनाएमात्रै आफ्नो पार्टीले राष्ट्रिय सभा अध्यक्षमा पनि सहयोग गर्ने बताए।

उनले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागहरूको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरूरी नरहेको बताए।

उनले प्रधानमन्त्री प्रचण्डको सरकार टिक्ने वा ढल्ने भन्नेबारे आफैंमा निर्भर हुने उनको भनाइ थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार