काठमाडौँ । राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएको छ ।
आज मनोनयम दर्ता गरेर आजै उम्मेदवारको नामावली प्रकाशन हुने संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाको अध्यक्षका लागि नेकपा (माओवादी केन्द्र)ले नारायण दाहाल र नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।