काठमाडौँ । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहालका भाई नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको देवेन्द्र पौडेलले जानकारी दिए ।
दाहालको कार्यकाल चार वर्षको रहेको छ । २०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए । सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन् ।
यता नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई अघि सार्ने भएको छ ।