• शुक्रबार, साउन ८ २०८३

अस्पतालको टिकट काट्ने लाइनमा बसेका बिरामीको मृत्यु


आइतबार, फाल्गुन २७ २०८०
1.6K
Shares

चितवन । उपचारका लागि अस्पतालको टिकट काट्ने लाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।

पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका जीवनबाबु थापामगरको आइतबार बिहान मृत्यु भएको हो ।

मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका ३ लौरीघोलका ३४ वर्षीय जीवनबाबु थापामगर लाइनमा बसेका बेला अचानक ढलेका थिए ।

त्यसपछि तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार