गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिकामा कोरोना संक्रमण बढेको बढ्यै छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्ती अनुसार आज सोमबार पनि सो गाउँपालिकामा ५ जना संक्रमित थपिएका छन् ।
यससंगै भिमसेन थापा गाउँपालिकामा हालसम्म ३४ जनामा संक्रमण पुष्टि भएको छ । यो जिल्लामा रहका ११ स्थानीय तहमध्ये सबैभन्दा बढी हो । यहाँ समुदायका स्थानीय नागरिकलाई समेत काेराेना देखिसकेकाे छ ।
आज संक्रमण देखिएका ५ मध्ये विन्द्रावती मावि मसेल क्वारेण्टाइनका दुईजना, जनजागृति आधारभूत विद्यालय अश्राङ क्वारेण्टाइनका दुईजना र शान्ति मावि बगुवा क्वारेण्टाइनका एक रहेका छन् ।
त्यस्तै सिरानचोक गाउँपालिकाको जनज्योति मावि चिप्लेटी क्वारेण्टाइनका एकजनामा पनि सोमबार कोरोना पोजेटिभ पुष्टि भएको छ ।
यहाँ हिजो आइतबार पहिलो पटक गाँखु सहकारी भवनका एकजनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।