• शनिबार, साउन ९ २०८३

मौसममा बदली र हिमपातको सम्भावना


शनिबार, फाल्गुन २६ २०८०
1.2K
Shares

काठमाडौं । पश्चिमी  न्यूनचापीय  प्रणालीको  आंशिक  प्रभाव  रहँदा आज बिहान देशका  पहाडी  भू–भागमा  आंशिक  बदली  रहेको छ । बाँकी  भू–भागको  मौसम  मुख्यतया  सफा  छ  ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी,  वाग्मती तथा  गण्डकी  प्रदेशको  पहाडी  भू–भागमा आंशिक  बदली रहनेछ । बाँकी  भू–भागमा  मौसम  मुख्यतया  सफा  रहनेछ ।

कोसी र गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ ।

विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशको  पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा  मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको  उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार