• शुक्रबार, साउन ८ २०८३

सहमति जुटाएर आजै मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी


बुधबार, फाल्गुन २३ २०८०
1.3K
Shares

काठमाडौँ । सत्ता गठबन्धनका दलहरू सहमति जुटाएर आजै मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारीमा जुटेका छन् । मन्त्रालय भागबण्डा गर्न बनाइएको कार्यदलले सिफारिस गर्ने र आजै टुंगो लगाएर नयाँ मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी छ ।

कार्यदलले सिफारिस गरेपछि आजै सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने तयारी गरिएको नेकपा माओवादी केन्द्रका एक नेताले इकागजलाई जानकारी दिए ।

ति नेताका अनुसार शीर्ष नेताहरूको बैठकको समय भने तोकिएको छैन् । कार्यदलले कति बजेसम्म सिफारिस गर्छ त्यसैको आधारमा बैठकको समय टुंगो लाग्ने उनले बताए ।

नयाँ गठबन्धनबाट एमाले, माओवादी र रास्पपाका एक-एक जना मन्त्रीले सोमबार सपथ ग्रहण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार