• शुक्रबार, साउन ८ २०८३

माधव नेपाल निवास पुगे केपी ओली


मंगलबार, फाल्गुन २२ २०८०
1.6K
Shares

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली धेरै वर्षपछि माधवकुमार नेपालको निवासमा पुगेका छन् ।

नयाँ गठबन्धन गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकार पुनर्गठन गरेको केही दिनमा एमाले अध्यक्ष ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पुगेका हुन् ।

 

नेकपा विभाजन भएपछि ओली नेपाल निवास पुगेका थिएनन् । नयाँ गठबन्धनमा सामेल हुनका लागि ओलीले नेपाललाई आग्रह गरेका छन् ।

साथमा, प्रधानमन्त्री प्रचण्ड र एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि नेपाल निवासमा पुगेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार