गोरखा । गोरखाका ११ स्थानिय तहमध्ये ८ वटामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
यसअघि ७ पालिकामा संक्रमण देखिएकाेमा आइतबार सिरानचोक गाउँपालिकामा समेत संक्रमण देखिएको छ ।
भारतबाट आएका ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको सिरानचोक गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
वडा न ५ छोप्राक घर भएका ती युवक वडा न ६ गाँखुको क्वारेन्टाइनमा बस्दै आएका थिए । योसँगै जिल्लाका ८ वटा स्थानिय तहमा कोरोनाका बिरामी भेटिएका छन् ।
गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिका, शहिद लखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका र सिरानचोक गाउँपालिकामा गरी कुल ७८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
हालसम्म धार्चे, चुमनुव्री र आरूघाट गाउपालिकामा कोरोना संक्रमण फेला पारेका छैन । आइसोलेशनमा रहेर उपचार गराइरहेका २० जना भने उपचार पछि निको भएर घर फर्किएका छन् ।
गोरखाका आइसोलेशनमा बसेका चार जनामा दोस्रो परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
गोरखा अस्पतालको आइसोलेशनमा बसेका दुई जना र गोरखा क्याम्पसको आइसोलेशनमा बसेका दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए ।